२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

नेपाल-युएई एकदिवसीय शृङ्खलाः दोस्रो खेलमा नेपाल विजयी

काठमाडौं, मंसिर १ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै तीन खेलको सिरिजमा नेपालले युएईसँग १–१ को बराबरी गरेको छ । युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए । आरिफ शेखले अविजित ३३ रन बनाए भने सोमपाल कामी १६ रनमा अविजित रहे ।

त्यसैगरी कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्लले २६, दीपेन्द्र सिंह ऐरीले १३, कप्तान रोहित पौडेलले ८ तथा आशिफ शेखले ६ रन जोडे । बलिङतर्फ युएईका रोहन मुस्तफाले ३ विकेट लिए भने हजरत बिलालले २ विकेट लिए । त्यस्तै बसिल हामिदले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो । युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै अलिशन शराफुले ३५ तथा वृत्य अरविन्दले २५ रन बनाए । बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ तथा विष्णु सुकुमारनले १५ रन बनाए ।

युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र ललित राजवंशीले समान ३/३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए । युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

२०७९ कार्तिक ३०, बुधबार प्रकाशित 0 Minutes 201 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।