काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२६/२७ को नयाँ सिजन शुरु भएको छ । साविक उपाधि विजेता आर्सनलले गएराति भएको उद्घाटन खेलमा विजयी शुरुआत गरेको छ ।
उसले नवप्रवेशी कोभेन्ट्री सिटीलाई ३ गोलले हरायो । एमिरेट्स स्टेडियममा आर्सनलले पहिलो हाफमा २ र दोस्रो हाफमा एक गोल गरेकाे थियाे।


उसका काइ हाभट्र्जले खेलको १५औँ मिनेटमा, बुकायो साकाले २३ औँ मिनेटमा र मार्टिन ओडेगार्डले ४९ औँ मिनेटमा गोल गरे । कोभेन्ट्री २५ वर्षपछि प्रिमियर लिगमा फर्किएको हो ।
गएको सिजनमा २२ वर्षपछि लिग उपाधि जितेको आर्सनलले तालिकामा ३ अंक जोडेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




