२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

जोकोभिचलाई पछि पार्दै मेदभेदेभ विश्व टेनिसको शीर्ष वरीयतामा

काठमाडौं । विश्व टेनिसको शीर्ष वरीयतामा रहेका सर्वियन नोभाक जोकोभिचलाई उछिन्दै रुसी खेलाडी ड्यानियल मेदभेदेभ विश्व टेनिसको शीर्ष वरीयतामा पुग्न सफल भएका छन् ।

टेनिस विश्व वरियताको नयाँ तालिकामा ७ हजार ९५० अंक सहित मेदभेदेभ पहिलो स्थानमा उक्लिदा शीर्ष वरियतामा रहेका जोकोभिच मात्र ६७ सय ७० अंक बनाउदै दुई स्थान तल झरेर तेस्रो वरीयतामा पुगेका छन् ।

दोस्रो वरीयतामा ७ हजार ७५ अंक सहित जर्मन खेलाडी अलेक्जेण्डर जेरेभ उक्लिएका छन् ।

सन् २००३ पछि पहिलो पटक टेनिसको विश्व वरियतामा जोकोभिच, रफायल नाडाल, रोजर फेडरर वा एण्डी मुरे बाहेक कोही पाचौं खेलाडीले शीर्ष वरीयताको यात्रा तय गरेको हो ।

तर दुई हप्तामा सुरु हुन लागेको विश्वकै प्रतिष्ठित प्रतियोगिता विम्बल्डन खेल्न भने मेदभेदेभलाई प्रतिवन्ध लगाइएको छ ।

युक्रेन माथिको आक्रमणका कारण विम्बल्डन आयोजकले रुस र उसलाई समर्थन गरेको बेलारुसलाई प्रतियोगितामा प्रतिवन्ध लगाएका कारण मेदभेदेभले विम्बल्डन गुमाउने भएका हुन् ।

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित 0 Minutes 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।