
काठमाडौं । घरेलु मैदानमा भएको महिला टि-ट्वान्टी क्रिकेट शृङ्खलामा नेपाललाई पराजित गर्दै पाहुना टोली युगाण्डाले शृङ्खलाको उपाधि जितेको छ ।
किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको पाँच खेलको शृङ्खलामा नेपाल ३-२ ले पराजित भयो । पहिलो तीन खेल लगातार हारेको नेपाली टोलीले अन्तिम दुई खेल जिते पनि शृङ्खलाको उपाधि भने पाहुना टोलीलाई सुम्पिन बाध्य भयो ।



शनिवार भएको पाँचौ तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा युगान्डालाई ३३ रनले पराजित गर्दै नेपाल विजयी बन्यो ।
युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाईन् ।
सिताराना मगरले १७ रन बनाएको इनिङ्समा इन्दु वर्माले ८ रन बनाईन् । कबिता जोशीले नटआउट १८ रन बनाउदा अपसरी बेगम ११ रनमा आउट भईन् । रुबिना क्षेत्री र डोली भट्ट दुवै शुन्य रनमा पोविलियन फर्किए ।
नेपालले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको युगाण्डाले ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।
युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाईन् । नेपालकी इन्दु वर्मा र सिता राना मगरले समान दुई-दुई विकेट लिए ।
यसअघि, पाहुना टोली युगान्डाले लगातार तीन खेलमा जित निकाल्दै दुई खेल अगावै श्रृङ्खला आफ्नो पक्षमा परिसकेको थियो ।।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।