
काठमाडौं । नेपालले पाहुना टोली युगाण्डा विरुद्धको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित निकालेको छ।
त्रिवि क्रिकेट मैदानमा आज भएको चौंथो खेलमा युगाण्डालाई १५ रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।



टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभर ५ बलमा अलआउट हुँदै ९७ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन जोड्दा बिन्दु रावलले १६ रन बनाईन् ।
यस्तै सिता राना मगर ११ रनमा आउट भईन भने डोली भट्टले ६ रन जोडिन् । अस्परी बेगम ४ तथा कप्तान रुबिना क्षेत्री र इन्दु वर्मा समान १/१ रनमा आउट भईन् ।
नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगाण्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । युगाण्डा विरुद्ध नेपालकी हिरन्मायी रोयले दुई विकेट लिईन् ।
यस्तै अश्मिना कर्माचार्य र रुबिना क्षेत्रीले एक एक विकेट लिए ।
यो जितसँगै नेपालले शृङ्खला क्लिन स्विप हुनबाट जोगाएको छ । तर, युगाण्डाले पाँच खेलको शृङ्खला ३-१ ले जितिसकेको छ ।
पहिलो पटक घरेलु मैदानमा पाँच खेलको शृङ्खला खेलिरहेको नेपालले युगाण्डासँग भोलि अन्तिम टी-ट्वान्टी खेल्न खेल्नेछ ।।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।