
काठमाडौं । नेपाल र युगान्डाबीच जारी महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पुनः पराजित भएको छ ।
घरेलु टोली नेपाल ६ विकेटले पराजित भएसंगै पाहुना टोली युगान्डाले पाँच खेलको शृङ्खलामा दुई खेल अगाबै उपाधि जितेको छ । उता नेपालको घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि जित्ने सपना सकिएको छ ।



किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय रनको लक्ष्य युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
युगान्डाको जितमा केभिन विनोले अविजित रहदै ४२ रन जोडिन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन जोडिन् ।
यस जितसँगै युगान्डाले ५ खेलको शृङ्खलामा ३-० को अग्रता बनाएको छ ।
पहिलो खेलमा १२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा १ विकेटले पराजित भएको थियो ।
अव दुई टोलीबीचको चौंथो खेल भोली र अन्तिम खेल शनिबार हुनेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।