२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

युगाण्डा विरुद्ध तेस्रो खेलमा नेपाली महिला टोली

काठमाडौं । युगान्डाविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेपछि सुरुआतमा ब्याटिङ गर्ने निर्णय गरेको हो ।

नेपालले आज युगान्डालाई पराजित गदै सिरिजमा पहिलो जित दर्ता गराउने उद्देश्यका साथ मैदानमा उत्रदै छ ।

पाँच खेलको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा युगान्डा २–० ले अघि रहेको छ ।

युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो ।

नेपालको प्लेइङ एघारमा कप्तान रुबिना क्षेत्री, ज्योति पाण्डे, सीता राना मगर, इन्दु बर्मा, रोमा थापा, सरिता मगर, कविता जोशी, सङ्गीता राई, सबनम राई, डली भटू र विन्दु रावल रहेका छन् ।

२०७९ जेष्ठ ५, बिहीबार प्रकाशित 0 Minutes 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।