२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

एकदिवशीय क्रिकेटमा जिम्बावेसंग १-१ को बराबरी

काठमाडौं । जिम्बाब्वे ए संगको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगिता नेपालले जिम्बाब्वेलाई ९ विकेटले पराजित गरेको छ ।

जिम्बाब्वेले दिएको ८८ रनको न्युन लक्ष्य नेपालले १ विकेट गुमाएर ११ दशमलव २ ओभरमा पुरा गर्यो  टियु क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका तर्फबाट सोमपाल कामी र करण केसीले ३-३ विकेट लिएपछी जिम्बाब्वेको टोली ८७ रनमा सीमित भएको थियो ।

नेपालका लागि सन्दिप लामिछानेले २ र सागर ढकालले १ विकेट लिएका थिए । ८८ रनको विजय लक्ष्य पाएको नेपालका तर्फबाट सुनिल धमलाले ३८ र आशिफ शेखले अविजित रहँदै ३४ रन बनाएका थिए ।

यो जित संगै तीन खेलको ऋृंखला १-१ को बराबरी भएको छ । हिजो भएको पहिलो एक दिवसीय खेलमा नेपाल जिम्बाब्वेसंग ३ विकेटले पराजित भएको थियो ।

यसअघी भएका ३ वटा टी ट्ववान्टी खेल १-१ को बराबरीमा सकिएको थियो ।

अव नेपाल र जिम्बाब्वे ए विरुद्धको  अन्तिम खेल सोमबार हुनेछ ।

यस खेललाइ अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसिले भने मान्यता दिइएको छैन ।।

२०७९ बैशाख २४, शनिबार प्रकाशित 1 Minute 138 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।