२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

समानुपातिकमा एमालेले अग्रता लियो

काठमाडौं, मङ्सिर ८ गते । समानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको दिउँसो १ बजेको तथ्याङ्कअनुसार एमालेले पाँच लाख ४७ हजार ३१९ मत प्राप्त गरेको छ ।

त्यसैगरी, नेपाली कांग्रेसको पाँच लाख ११ हजार ९९५, राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ८२ हजार १७५, नेकपा माओवादी केन्द्रले दुई लाख ५४हजार २०१, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ५१ हजार ८५२ मत प्राप्त गरेकाे छ।

त्यस्तै, आयोगको तथ्याङ्कअनुसार जनता समाजवादी पार्टीको ६४ हजार ६५०, नेपाल मजदुर किसान पार्टी ५१ हजार १५४, नागरिक उन्मुक्ति पार्टीको ३७ हजार ८०२, जनमत पार्टीले ३६ हजार ५५५, नेकपा एकीकृत समाजवादीले ३५ हजार ८७८, हाम्रो नेपाली पार्टी २१ हजार ४५०, लोकतान्त्रिक समाजवादी पार्टीको २१ हजार २६४, राष्ट्रिय जनमोर्चा १४ हजार ४६९, मंगोल नेशनल अर्गनाइजेशनले १० हजार ७०१ मत प्राप्त गरेकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी (माले)ले पाँच हजार ९७४, राष्ट्रिय जनमुक्ति पार्टी पाँच हजार ६३१, नेपाल आमा पार्टी चार हजार ५३३, नेपाल संघीय समाजवादी पार्टी तीन हजार ९८८,जनता प्रगतिशिल पार्टी तीन हजार २६१, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको तीन हजार १६८ मत प्राप्त भएको छ । त्यस्तै, अन्य पार्टीले २८ हजार ६८४ मत प्राप्त गरेका छन् ।

२०७९ मंसिर ८, बिहीबार प्रकाशित 0 Minutes 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।