काठमाडौ जेठ ११ । ७९ औँ कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रतिष्ठित ‘जुरी प्राइज’ जितेर काठमाडौं फर्किएको चलचित्र ‘एलिफेन्ट इन द फग’ को निर्माण टोलीलाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
चलचित्रको विश्व प्रशिद्ध महोत्सवमा पुरस्कृत भएर स्वदेश फर्किएको टोलीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल सहितले विमानस्थलमा स्वागत गर्नुभएको हो । टोलीको स्वागत गर्दै मन्त्री डा तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रले निकै लामो उचाइ र यात्रा तय गर्न विश्वास व्यक्त गर्नुभयो । सरकारले नेपाली मौलिक चलचित्र निर्माणमा सहयोग गर्ने पनि मन्त्री डा तिमिल्सिाले बताउनुभयो ।
टोलीलाई स्वागत गर्दै पर्यटन मन्त्री पौडेलले कला र साहित्यको कुनै भौगोलिक सीमा नहुने भन्दै यो उपलब्धिलाई चलचित्र क्षेत्रको थप विकासमा लगाउनुपर्ने बताउनुभयो ।
स्वागत कार्यक्रममा विजेता चलतित्र निर्माण टोलीका सदस्यहरुले आफ्नो अनुभव सुनाउनु भएको थियो ।
कार्यक्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्र एलिफेन्ट इन द फग टोलीलाई चलचित्र विकास कोषले प्रदान गर्ने २ लाख ५० हजार राशीको पुरस्कार प्रदान गर्ने घोषणा पनि गर्नुभयो ।
चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा गरिएको स्वागत कार्यक्रममा चलचित्र क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।


विजेता टोलीलाई विमानस्थलबाट बाहिरिदै गर्दै पञ्चेबाजा सहित उपस्थित ठूलो भिडले स्वागत गर्दै यो उपलब्धिमा बधाइज्ञापन गर्यो ।।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




