
काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप क्रिकेट एसिया छनोट खेलमा नेपालले विजयी सुरुआत गरेको छ ।
मलेसियाको यूकेएम ओभलमा कतारलाई ७९ रनले हराउँदै नेपालले विजयी सुरुआत गरेको हो ।



नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा अलआउट हुँदै ३८ रनमा समेटिएपछि नेपालले खेल जितेको हो ।
अब नेपालले भोलि युएईविरुद्ध दोस्रो खेल खेल्नेछ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् ।
शीर्ष टोलीले दक्षिण अफ्रीकामा हुने विश्वकपमा स्थान बनाउने छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।