२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

राष्ट्रिय भलिवल लिगमा आर्मीको वर्चश्व

काठमाडौं । छैटौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत पुरुष र महिला दुवै तर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको अन्तिम खेलमा हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । आर्मीले हेल्प नेपालमाथि २५-१५, २५-१८, २६-२८ र २८-२६ को सेटमा जित निकाल्यो ।

यस जितसँगै आर्मी लिगको शीर्ष स्थानमा रहदै च्याम्पियन बनेको हो ।

त्यस्तै महिलातर्फ नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मी पहिलो पटक च्याम्पियन बन्यो ।

विभागीय डर्बीमा आर्मीले पुलिसमाथि २५-१८, २५-२३ र २५-२० को सेटमा जित निकाल्यो । उपाधिसँगै आर्मीले ६ लाख नगद प्राप्त गरेको छ ।

२०७९ बैशाख २४, शनिबार प्रकाशित 1 Minute 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।