२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चीनको सान्यामा हुने

काठमाडौं, कार्त्तिक ३० । चौथो हाइनान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव डिसेम्बर ३ देखि १० सम्म चीनको हाइनान टापु प्रान्तको रिसोर्ट शहर सान्यामा आयोजना हुँदैछ।
सेप्टेम्बर २६ सम्म यस वर्षको फिल्म फेस्टिभलमा गोल्डेन कोकोनट अवार्डका लागि ११६ देश र विभिन्न क्षेत्रका कुल ३, ७६१ फिल्महरू दर्ता गरिएका आयोजकले मङ्गलबार जनाएको छ।
महोत्सवमा ८० देखि १ सय चलचित्र प्रदर्शन हुने अपेक्षा गरिएको छ भने विभिन्न छलफलका मञ्चहरु पनि आयोजना गरिने छ ।
सन् २०१८ देखि शुरु भएको यो चलचित्र महोत्सव चाइना मिडिया ग्रुप र हाइनान प्रान्तको जनसरकारले संयुक्त रूपमा आयोजना गर्दै छ ।

२०७९ कार्तिक ३०, बुधबार प्रकाशित 0 Minutes 302 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।