२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

निजगढ विमानस्थलबारे अदालतको अस्पष्ट निर्णय; समर्थन र विरोधमा जुलुस

काठमाडौं । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नहुने भन्ने फैसला गरेको तर फैसलाको कुनै पनि स्वरुप प्रकाशित नभएको अवस्थामा त्यसको समर्थन र विरोधमा जुलुस निकाल्ने काम भएको छ ।

फैसलाको समर्थनमा निजगढ विमानस्थलमा जग्गा पर्न सक्ने स्थानीयले काठमाडौंमा शनिवार जुलुस निकालेका थिए भने विरोधमा पनि जुलुस निकालिएको थियो ।

बिकास पक्षधरहरुले सो बिमानस्थल अघि बढाउन दिनुपर्ने भन्दै शनिबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले सो बिमानस्थल बनाउदा देशलाई हानी हुने गरि कुनै विनास नहुने बताएका थिए ।

कुनै पनि बिकासमा बिनास हुन सक्ने भन्दै २४ लाख रुख काटिने कुरा अनावश्यक प्रचार भएको उनीहरुले बताएका छन् ।

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 0 Minutes 234 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।