२०८२ असार २४ मंगलवार
  • काठमाडौँ

बूढानीलकण्ठ नपा १ मा सार्वजनिक जग्गा विवादः नगर र वडाको ज्यादती विरुद्ध ऐक्यवद्धता

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं १ र ३ को सीमानामा पर्ने सार्वजनिक जग्गा व्यक्तिलाई उपभोग गर्न नदिने स्थानीय जनताको प्रयासमा नगरपालिकाका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नागरिक समुदायले ऐक्यवद्धता जनाएका छन् ।

सार्वजनिक जग्गा संरक्षण गर्दै समुदायको हीत अनुरुप हुनेगरी समुदायले निर्माण गरेको श्री देवी पाञ्चायन गुह्येश्वरी मन्दिर भत्काएर संगै सीमाना जोडिएका व्यक्तिलाई घर कम्पाण्ड निर्माण गर्न सहज बनाउने गरी नगरपालिकाबाट भएको निर्णय विरुद्ध स्थानीय झण्डै चार वर्ष देखि आवाज उठाइरहेका छन् ।

स्थानीय समुदायलाई आतंकित पार्ने गरी उच्च अदालतमा विचाराधीन रहेको विषय समेत हेक्का नराखी गत बुधवार  दलबल सहित मन्दिर भत्काउन डोजर लिएर पुगेका १ नं वडाका अध्यक्ष सहित नगरपालिकाको टोलीलाई स्थानीयले  कानून सम्झाएर फिर्ता पठाउन सफल भएका थिए ।

पढनुहोसः बूढानीलकण्ठ नगरपालिकाको पहिलो काम मन्दिर भत्काउने

कुनै एक व्यक्त्तिको दवाव र प्रलोभनमा परेर स्थानीय सरकारले समुदायको आवाज दवाउन गरेको उक्त डोजर आतंक र हर्कतको शिवपुरी सन्देशमा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि समाजका विभिन्न क्षेत्रबाट यथार्थ बुझेर सहयोग गर्ने आश्वासन प्राप्त भइरहेको वडा नं १ का स्थानीयले बताएका छन् ।

त्यसैक्रममा शनिवार मन्दिर क्षेत्र र विवादको वास्तविकता बुझ्न बूढानीलकण्ठ नगरपालिकाका प्रमुख पदका प्रत्यासी विनोद चालिसे, विभिन्न राजनीतिक दलका प्रदेश एवम् नगर तहका नेता सहित स्थानीय भद्रभलाद्मीहरुको संयुक्त टोलीले मन्दिर क्षेत्रको निरीक्षण गरेको छ । विवादको कारण पहिचान गर्न र समुदायले गरेको दावी यथार्य हो वा होइन वा समुदायकै कारण कतै कोहि एक व्यक्तिलाई पीडा पुगेको त होइन भन्ने बारेमा यथार्थ बुझ्न विवादित क्षेत्रमा आएको चालिसे सहितका समाजसेवी अगुवाहरुले बताएका छन् । “खोलाको सीमाना पर्ने कहि कतै कसैलाई प्रत्यक्ष अवरोध नगरेको देखिएको मन्दिर हटाएर समुदायको आस्थामा चोट पुर्याउन किन नगरपालिकाले त्यस्तो निर्ण गर्यो भन्ने बारेमा आश्चर्यमा परियो,” मन्दिर क्षेत्रको अवलोकन पछि उनीहरुको प्रतिक्रिया थियो ।

 

स्थलगत अवलोकन पछि स्थानीयको धारणा बुझिएको र अब नगरप्रतिनिधिहरुबाट वास्तविकता बुझ्न भेट गर्ने पनि उनीहरुले त्यसबखत बताएका छन् ।

सबैको चाहना शान्त र सम्वृद्ध बूढानीलकण्ठ नगरपालिका भएकोले विवादको समाधान तिर जोड दिन आग्रह गरिएको छ ।

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 1 Minute 781 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।