काठमाडौं । देशका ६ वटा महानगरपालिका मध्ये विराटनगर महानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भैसकेको छ । उक्त महानगरमा नेपाली कांग्रसका नागेन्द्र कोइराला विजयी हुनुभएको छ । विराटनगर बाहेक अन्य सबै महानगरपालिकामा भने मतगणना अझै जारी छ ।
काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले हालसम्म ३५ हजार ७ सय ५१ मत प्राप्त गर्नुभएको भने स्थापितले १९ हजार ६ मत प्राप्त गर्नुभएको छ । यस्तै अर्का प्रतिस्पर्धी नेपाली कांग्रसकी सृजना सिंहको १८ हजार ८ सय ८१ मत प्राप्त गर्नुभएको छ ।


भरतपुर महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार रेनु दाहालले २८ हजार ८०८ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले २३ हजार २१८ मत प्राप्त गर्नुभएको छ ।
ललितपुर महानगरमा कांग्रेसका चिरिबाबु महर्जन आफ्ना निकटतम उम्मेदवार हरिकृष्ण व्यन्जनकार भन्दा १० हजार ७०४ मत बढी ल्याउनुभएको छ । महर्जनले २५ हजार ५ सय ४० र व्यञ्जनकारले १४ हजार ८ सय ३६ मत प्राप्त गर्नुभएको छ ।
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले २७ हजार ५ सय ८५ मत प्राप्त गर्नु भएको छ भने नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले १४ हजार ३ सय ४४ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी पोखरामा गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका धनराज आचार्य आफ्ना प्रतिस्पर्धी उम्मेदवार कृष्णबहादुर थापाभन्दा ३ हजार ३८७ मतले अगाडी रहनुभएको छ । आचार्यले ३४ हजार ३ सय ३६ मत प्राप्त गर्नुहुँदा थापाले ३० हजार ९ सय ४९ मत प्राप्त गर्नुभएको छ ।।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




