२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

आफूमाथि बलात्कार भएको युवतीको भिडियोः दोषीलाई कारबाहीको माग गर्दै युवा सडकमा

काठमाडौं । मोडलिङ र सुन्दरी प्रतियोगिताको प्रलोभन देखाएर  युवतीलाई बलात्कार र यौन हिंसा गर्ने एक कन्सल्टेन्सीका सञ्चालक सहित घटनामा संलग्नहरुलाई कारवाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

पीडितले नाम नै तोकेर घटनाका बारेमा सामाजिक सञ्जालबाट घटनाका बारेमा सार्वजनिक गरेको भन्दै उनीहरुले दोषीमाथि कारवाही गर्नुपर्ने माग पनि राखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार नजिकै भएको प्रदर्शनका क्रममा उनीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानूनमा हदम्यादको व्यवस्था हटाउनु पर्ने, दोषीलाई कारवाही गर्नुपर्ने पनि माग गरेका थिए ।

बुधवार एक युवतीले सामाजिक सञ्जालमार्फत २०७१ सालमा भएको एक प्रतिस्पर्धात्मक कार्यक्रममा आफूलाई बलात्कार भएको बताएकी थिइन् ।

उक्त घटना सार्वजनिक भएपछि दोषीलाई कारवाहीको माग उठिरहेको छ ।।

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित 0 Minutes 224 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।