२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरीबाट दुई हजार बढीको मनोनयन

काठमाडौं, असोज २३ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरीबाट दुई हजार १२८ जनाले उम्मेदवारी दिनुभएको छ । १६५ पदका लागि एक हजार ९३७ जना पुरुष र १९१ जना महिलाले विभिन्न दल तथा स्वतन्त्रबाट सो संख्यामा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले एकिन विवरण प्रविष्ट हुन बाँकी रहेको छ ।

आयोगले विज्ञप्ति जारी गरी प्रदेशसभातर्फ २६०० पुरुष, २४४ महिला र १ अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको जनाएको छ । प्रदेश नं. १ मा ४४५ पुरुष, ४९ महिला गरी ४९४ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, मधेश प्रदेशमा ७११ पुरुष, ५५ महिला र १ अन्य गरी ७६७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सोहीअनुसार बागमती प्रदेशमा ५६१ पुरुष, ७४ महिला गरी ६३५ जना, गण्डकी प्रदेशमा १९९ पुरुष, २९ महिला गरी २२८ जना, लुम्बिनी प्रदेशमा ४१४ पुरुष, २३ महिला गरी ४३७ जना, कर्णाली प्रदेशमा ७९ पुरुष, २ महिला गरी ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, सुदुरपश्चिम प्रदेशमा १९१ पुरुष, १२ महिला गरी २०३ उम्मेदवारहरूले प्रदेशसभा सदस्यका लागि मनोयन परेको छ ।

भोलि विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने कार्यक्रम तय भएको छ ।।

२०७९ आश्विन २३, आईतवार प्रकाशित 0 Minutes 311 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।