२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

मलको हाहाकार ! किसानले राजमार्गमै लुटे मल

धादिङ । रासायनिक मलको हाहाकार भएको अवस्थामा धुनिवेशी नगरपालिका–६ धार्केमा दुई ट्रकमा ल्याइएको रासायनिक युरिया मल स्थानीय किसानले नियन्त्रणमा लिएका छन् । भारतबाट भन्सार छलि गरेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन् ।

भन्सार छलि गरेर ल्याइँदै गरिएका दुई ट्रक मल राजस्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा किसानलाई जानकारी गराइएपछि झन्डै ५०० किसानले पृथ्वी राजमार्गको बीच सडकमा ट्रक रोकेर नियन्त्रणमा लिएका स्थानीय किसानले जानकारी दिएका छन् । भन्सार छलेर ल्याइएको मल नियन्त्रणमा लिएको राजस्व विभागले सुरक्षाकर्मी भएको अवस्थामा किसानले मल ट्रकबाट झिकेर गाउँतिर लगेका हुन् । किसानले मल लगिसकेपछि आएको सशस्त्र प्रहरीले केही बोरा मल भने फिर्ता गरेर ईलाका प्रहरी कार्यालय खानीखोलामा राखेको छ ।

एउटा १० चक्के ट्रकमा २१ टन मल र अर्काे १० चक्के ट्रकमा १५० बोरा मल ल्याइएको थियो । भारतीय सरकारले अनुदानमा दिनका लागि तयार मल नेपाल आउँदै थियो । सोही मल यहाँका किसानले लगेका हुन् । व्यापारीहरुले केही समयदेखि भन्सार छलि गर्दै यहाँका स्थानीय बजारमा मल कालोबजारी गर्दै बेच्दै आएको आरोप पनि लागेको छ ।

विशेष सुराकीका आधारमा राजस्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल लुट्न लगाइएको किसानले बताएका छन् । करिब ५०० बोरा मल किसानले कब्जा गरेर लगेको बताइएको छ । किसानले मल नियन्त्रण गर्ने क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न लाठी प्रहार पनि गरेको छ ।

२०७९ असार ४, शनिबार प्रकाशित 0 Minutes 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।