
काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
क्यानले आज सार्वजनिक गरेको अन्तिम टोली प्रारम्भिक टोलीमा परेका १९ जना खेलाडीहरुबाट छानिएको हो । आगामी असार ३ गतेबाट सुरु हुने प्रतियोगिता खेल्ने राष्ट्रिय टोलीमा मनिषा उपाध्याय पहिलो पटक पर्न सफल भएकी छिन् । टोलीमा कप्तान रुबिनासँगै उपकप्तान इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, मनिषा उपाध्याय, डोली भट्ट, विन्दु रावल, सङ्गीता राई, अपसरी बेगम, काजोल श्रेष्ठ र सबनम राई छनोट भएका छन् ।



समूह ‘बी’ मा रहेको नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन् । त्यसैगरी समूह ‘ए’ मा आयोजक मलेसिया, ओमान, कतार, सिङ्गापुर र संयुक्त अरब इमिरेट्स (युएई) छन् । आफ्नो पहिलो खेल नेपालले भुटान विरुद्ध असार ३ गते नै खेल्ने कार्यक्रम छ । कुवेत विरुद्ध हुने दोस्रो खेल असार गते हुनेछ भने ६ गते बहराइन र ७ गते हङकङसँग खेल्नेछ । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।