
काठमाडौं । नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेर बसिरहेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।
ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एक व्यक्ति चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो ।



प्रहरीका अनुसार बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन् ।
उनी ७ / 8 घण्टादेखि तारमा समातेर बसिरहेका कारण विद्युत प्रवाह गर्न नसकिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताउनु भयो ।
‘अहिले माथिल्लो त्रिशुली थ्री ए र त्यस नजिकैको खोलाबाट विद्युत उत्पादन बन्द गरेका छौं, ६०/६२ मेगावाट विजुली निकाल्ने पानी नदीमा फाल्नुपरेको उहाले बताउनु भयो । ७/ ८ घण्टामा प्राधिकरणलाई करिब ८० लाख घाटा भएको पनि उहाले बताउनु भयो ।
प्रहरी र स्थानीय वासिन्दाले उनलाई सकुशल तल ओर्लन आग्रह गरिरहेका छन् । तर उनले मानेका छैनन् । हेलिकोप्टरबाट उनलाई तारबाट ओराल्ने प्रयास भैरहेको प्रवक्ता भट्टराइले बताउनुभयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।