२०८२ असार २४ मंगलवार
  • काठमाडौँ

भक्तपुर केन्द्रबिन्दु भएर भुकम्प

काठमाडौं- भक्तपुर जिल्लाको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीले विसं २०७२ वैशाख १२ गते गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५८३ परकम्प गएको राससलाई जानकारी दिनुभयो । उक्त भूकम्पको धक्का काठमाडौँ उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

२०७९ जेष्ठ २८, शनिबार प्रकाशित 1 Minute 257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।