
काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले युएई विरुद्ध लस्जास्पद हार बेहोरेको छ ।
शनिवार भएको दोस्रो खेलमा नेपाल युएईसग १० विकेटले पराजित भएको हो । मलेसियाको यूकेएम ओभलमा नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर मै बिना विकेटको क्षतिमा ९ रन जोड्दै पूरा गर्यो ।



त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभरमा अलआउट हुँदै ८ रन जोडेको थियो । नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन ।
नेपालको महिला क्रिकेटमा यो अहिले सम्मकै इतिहासमा खराब प्रदर्शन हो । बलिङमा युएईका महिका गौरले ५ विकेट लिईन । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएको थियो ।
अब नेपालले सोमबार भुटानविरुद्ध तेस्रो खेल खेल्नेछ ।
त्यस्तै मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ । शीर्ष टोलीले दक्षिण अफ्रीकामा हुने महिला विश्वकपमा स्थान बनाउनेछन् ।
यसैविच एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ क्यानले १९ खेलाडीको नाम सार्वजनिक गरेको छ ।
आज प्रतियोगिताका लागि क्यानले १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउदै अन्तिम टोलीको घोषणा गरिने जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।