२०८२ असार २४ मंगलवार
  • काठमाडौँ

निजगढ विमानस्थल बनाएरै छोड्ने अर्थमन्त्री शर्माको अडान

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य कसैले रोकेर नरोकिने बताउनुभएको छ ।

उहाँले विमानस्थलको निर्माण कार्य यसै वर्षदेखी सुरु हुने र त्यसकालागि आवस्यक बजेट समेत छुट्टयाइएको जानकारी दिनुभयो । निजगढ विमानस्थल देशका लागि आवस्यक भएकाले मुलुकको अवश्यकतालाई दृष्टीगत गर्दै सरकारले आवस्यक बजेट विनियोजन गरेको प्रस्ट पार्नु भयो । “विमानस्उथल कुनै पनि हालतमा बन्छ र त्यो जनार्दन शर्माकै कार्यकालमा नै बन्छ” वीरगन्ज उद्योग बाणिज्य संघको ४६ औं वार्षीक सधारणसभालाई शनिवार वीरगन्जमा सम्बोधन गर्दै मन्त्री शर्माले बताउनुभयो ।

वीरगन्जको चिनी कारखाना र कृषि औजार कारखाना मुलुकको अवस्यक्ता भएकाले दुवै बन्द उद्योगलाई सरकारले चाँडै संचालनमा ल्याउने जानकारी दिनुभयो ।

अर्थमन्त्री शर्माले उत्पादन लागत कम गर्न उद्योगपतिहरुलाई सबै सहुलियत दिन सरकार तयार रहेको बताउनुभयो ।

उहाँले आत्मनिर्भर अर्थतन्त्र सरकारको नीति रहेकाले मुलुक भित्र संचालित उद्योगमा खपत हुने विद्युतको महशुलमा छुट दिनुको साथै कर नितीमा समेत परिवर्तन गर्न सरकार तयार रहेको जानकारी दिनु भयो ।

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 0 Minutes 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।