२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं । यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।नेपाल आयल निगमले बिहिबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा लिटरमा रु १० को दरले घटाएसँगै विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो ।

भाडा घटेसँगै यात्रुबाहक सवारीमा दुई प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.९ प्रतिशत घटेको विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागको विसं २०७८ चैत १७ को निर्णयअनुसार लागू गरिएकोमा पछिल्लो पटक भाडा समायोजन गर्दा आधार लिएको डिजेलको बजार मूल्य रु १६३ प्रति लिटरलाई आधार मान्दै आए पनि बिहिबार रातीदेखि प्रतिलिटर रु १० घटी रु १५३ कायम भएकाले सोहीअनुसार सवारी भाडा घटाएको हो ।

सरकारले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित आधारमा गर्ने व्यवस्थाअनुसार भाडादर घटेको विभागले जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले स्वचालित भाडादरले व्यवसायी र यात्रु दुवैलाई मर्का नपर्ने बताउनुभयो । उहाँले घटेको भाडा लिन सम्पूर्ण यातायात व्यवसायी, चालक तथा सहचालकलाई आग्रहसमेत गर्नुभएको छ ।

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 0 Minutes 412 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।