२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

रुस-युक्रेन लडाईंः विध्वंशको एक सय दिन पुरा

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेको एक सय दिन पुगेको छ । युक्रनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब २० प्रतिशत युक्रनी भूमि रुसले कब्जा गरेको जनाउनुभएको छ ।

जनतालई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले एक सय दिनसम्म देशलाई जोगाउन सकिएको भन्दै जित आफूहरुकै हुने निश्चित रहेको बताउनुभयो ।

राष्ट्रपतिको सम्बोधनका बखत युक्रनेी प्रधानमन्त्री डेनिस स्माहल लगायत उच्च अधिकारीहरुसंगै  उपस्थित थिए ।

गत फेब्रुअरी २४ मा यूक्रेनमाथि तीन तिरबाट आक्रमण गर्न शुरु गरेको रूसले युद्धमा विजय नपाए पनि यूक्रेनको जनजीवन भने अस्तव्यस्त बनेको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कमा यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेका छन् ।

यसैगरी दुवै देशका हजारौं सैनिक मारिएका छन् । लाखौं मानिसहरू आफ्नो गाउँ, शहर वा बासस्थान छोडेर भाग्न बाध्य भएका छन् ।

यूक्रेनी शहरहरू भग्नावशेषमा परिणत भएका छन् ।

रूसलाई घेराबन्दी गर्न पश्चिमा देशहरूले रुस विरद्ध लगातार कडा नाकाबन्दी गर्दै लगेका छन् ।

रूसले प्रत्यक्ष फाइदा नपाएसम्म तत्काल युद्ध रोक्ने लक्षण देखाएको छैन भने यूक्रेन पनि आफ्ना सहयोगी पश्चिमी मुलुकहरूको बलमा रूससंग लडिरहेको छ ।।

२०७९ जेष्ठ २०, शुक्रबार प्रकाशित 0 Minutes 185 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।