२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

राष्ट्रपति भण्डारी काजी कालु पाँडेको समाधिस्थल दहचोकमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडेको समाधिस्थल कीर्तिपुर नगरपालिका वडा नं १ दहचोकस्थित समाधिस्थलमा पुग्नुभएको छ ।

काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको दिनको स्मरणमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी हुनुभएको हो ।

राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, कीर्तिपुर नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले कालु पाँडेको प्रतिमामा श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

उहाँले त्यहाँस्थित दहचोक भ्यूटावरको पनि अवलोकन गर्नुभयो ।

२०७९ जेष्ठ १९, बिहीबार प्रकाशित 0 Minutes 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।