
काठमाडौं । युक्रेनको महत्वपूर्ण पूर्वी शहरहरुमा रुसी सेना प्रवेश गरेपछि त्यहाँ भीषण लडाईं भएको छ ।
रुसी सेनाले पूर्वी क्षेत्रको निकै रणनीतिक महत्वको सेभेरो दोनेत शहरमा आफ्नो पकड बनाउदै अघि बढिरहेको विविसीले उल्लेख गरेको छ । लुहान्स क्षेत्रमा पर्ने शहरमा रुसी सेना प्रवेश गरी निरन्तर अघी बढिरहेको छ ।



त्यहाँ अघि बढ्ने क्रममा युक्रेनी र रुसी सेनाबीच निकै भयानक लडाईं भएको र त्यसले त्यस क्षेत्रमा निकै नै कठिन अवस्थाको सृजना गरेको पनि समाचार उल्लेख छ ।
मस्कोले औद्योगिक क्षेत्र समेत रहेको डोनबासलाई पुरै नियन्त्रणमा लिनु आफ्नो प्राथमिकता भएको बताउदै डोनेस्क लाई पनि नियन्त्रणमा लिने बताएको छ ।
रुसी सेनाले दक्षिणी शहर मेलिटोपोलमा पनि आक्रमण गरी नियन्त्रणमा लिने प्रयास गरेको छ । केहि दिनयता रुसले फेरि आक्रमणलाई तीब्र बनाउदै लगे पछि यसबारेमा युरोपेली संघका नेताहरुको बैठकमा छलफल भएको छ ।
बैठकमा रुस विरुद्धको प्रतिवन्धलाई थप कडा बनाउने र रुसबाट हुने तेलको आयातलाई पूर्ण प्रतिवन्ध लगाउने निर्णय लिइने एपीले जनाएको छ ।
तर हंगेरी लगायत केहि मुलुकहरुले भने आफ्नो रुसी तेलमा पूर्ण आवद्धताका कारण उक्त प्रस्तावमा असहमति जनाएको बताइएको छ । इयू नेताहरुको बैठकलाई युक्रेनका राष्ट्रपतिले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।