
जेठ १५ गते आइतवार विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङमा दुर्घटनामा पर्यो । मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा सो बिमान दुर्घटना भएको हो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक थिए । समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा मानापाथी हिमालको फेदमा ठोक्किएर विमान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटना पछि विमान टुक्रा टुक्रा भएको थियो । घटनास्थलबाट प्राप्त फोटोबाट बुझ्न सकिन्छ दर्घटना कति भयानक थियो भनेर ।



यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।