२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

अमेरिकामा विश्वकप लिग टु क्रिकेट खेल्ने टोलीको बिदाई

काठमाडौं । अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज शृङ्खला लागि अमेरिकाको टेक्सस जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले बिदाइ गर्नुभयो । विदाई कार्यक्रममा खेलकुदमन्त्री गहतराजले खेलाडीलाई दबाबविहिन भएर खेल्न आग्रह गर्नुभयो ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टीम निकै सन्तुलित रहेको र उत्कृष्ट खेल प्रदर्शन गर्ने बताउनुभयो ।

त्यस्तै मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पछिल्लो दुई तीन हप्तादेखि निकै कडा मेहनत गरिरहेको र राम्रो नतिजा आउने विश्वास व्यक्त गर्नुभयो । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

शृङ्खलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । शृङ्खलामा नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ ।

नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।

लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ । नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।

२०७९ जेष्ठ १४, शनिबार प्रकाशित 0 Minutes 180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।