
काठमाडौं । नीजि फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगितालाई मान्यता नदिने नेपाल क्रिकेट संघ क्यानको निर्णय विरुद्ध एभरेष्ट प्रिमियर लिग इपिएल आयोजक र लिगमा सहभागी ६ टोलीले क्यान विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।
इपीएलले बिहिवार विज्ञप्ति निकाल्दै क्यानको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै मुद्दा दर्ता गरिएको जनाएको छ ।



क्यानले नेपाल टी-ट्वान्टी लिग बाहेक अन्य फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेर आफुहरुको कानुनी र संवैधानिक अधिकारमा आक्रमण भएको भन्दै न्यायका लागि अदालतमा मुद्दा दर्ता गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्यानको मंगलबार बसेको बोर्ड बैठकले खेलकुद मन्त्रालयको निर्णय अनुसार नेपाल आयोजना हुने फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेको थियो । अ
कस्मात आएको निर्णयले खेल विकासका लागि गरिएको करोडौं लगानी डुबेको भन्दै निर्णय सच्याउन नीजि लिग आयोजकहरुले माग पनि गरेका थिए ।
नेपालमा एभरेष्ट प्रिमियर लिग (इपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) र धनगढी प्रिमियर लिग (डिपीएल) संचालन हुँदै आएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।