२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

बालेन विजयी !

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह विजयी हुनुभएको छ ।

महानगरको अधिकांश मतगणना सम्पन्न हुँदा प्रमुखमा बालेन्द्र साहले ६० हजार माथि मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी सृजना श्रेष्ठले ३८ हजार ६३ मत प्राप्त गर्नु भएको छ ।

उहाँको मतान्तर २२ हजार बढी मत रहेको छ । हालसम्म १ लाख ९०हजार भन्दा वढि मतको गणना सम्पन्न भएको छ।

बाँकी रहेको मत सबै जोड्दा समेत बालेन्द्र साहको जति नपुग्ने भएपछि बालेन्द्रको जित सुनिश्चित भएको हो । बिहिवार रातिसम्ममा सबै मत गणना सम्पन्न गरी परिणाम सार्वजनिक गर्ने मुख्य निवाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काठमाडौं महानगरपालिकामा पूर्ण बदरमतको संख्या हालसम्म ८ हजार रहेको र आंशिक बदर मतको तथ्याङ्क निकाली नसकिएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो।

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 0 Minutes 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।