२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

यौन पिडितको सबालमा हदम्याद हटाउन संसदीय समितिको निर्देशन

काठमाडौं । विश्वमा नै महिला माथि हुने यौन दुर्यवहार र बलात्कारका घटना सार्वजनिक हुने क्रम निरन्तर छ । अझ शुक्रबार कान्स फिल्म फेस्टिबलमा युक्रेनी महिलाले रुसी सेनाले गरेको बलात्कारको विरुद्धमा अर्धनघ्न शरीर प्रदर्शन गरेपछि बलात्कार विरुद्धको चासो विश्वव्यापी रुपमा सतहमै देखिएको छ । नेपालमापनि कानूनले तोकेको हदम्याद नाघेर बलात्कारका घटना सार्वजनिक हुने क्रम बढेपछि प्रतिनिधि सभा अन्तरगतको महिला तथा सामाजिक समितिले विशेष चासो दिएको छ ।

समितिले सोमबार समितिका सदस्य बाहेक महिलाका विषयमा विशेष दख्खल र चासो राख्ने विभिन्न दलका नेता तथा सरोकारवाला मन्त्रालयलाइ समेत डाकेर छलफल गरेको थियो । छलफलमा विभिन्न दलका नेताहरुले सरकारले अपराधीलाइ कारबाही गर्ने कुराको ग्यारेन्टी गर्न सके अझै धेरै घटनाहरु सार्वजनिक हुने बताएका थिए ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी भने घर भित्रैबाट सुरु हुने महिला माथिको हिंसा अन्त्य नभएसम्म महिलाले सम्मानजक जिन्दगी जिउन गाह्रो हुने बताउनुभयो । उहाँले अनौपचारिक क्षेत्रमा समेत हुने यौन दुर्व्यवहार तथा हिंसाजन्य घटनालाइ समेत संबोधन हुनेगरी कानून निर्माण गर्नु अत्यावश्यक भएको बताउनुभयो ।

कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले तत्काल हुने घटनाका आधारमा भन्दापनि कानून निर्माणका लागि लिगल थिङ्क ट्याङ्कको सुझाबका आधारमा व्यवहारिक कानून निर्माण गर्ने बताउनुभयो ।

करिब अढाइ घण्टा सम्म चलेको छलफल पछि समितिका सभापति निरुदेवि पालले भने बालबालिका तथा नाबालिग माथी हुने यौन हिंसा दुर्व्यवहार र जबरजस्ती करणी जस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको व्यवस्था पुनरावलोकन गर्न मुलुकी अपराध संहिता एवं अन्य सम्बद्ध ऐन संशोधन गर्नेगरी सरकारी विधेयक ल्याउन निर्देशन दिनुभयो ।

बैठकमा बोल्ने बक्ताहरुले भने महिलाहरु बालिग हुनु अघि गरिने सुन्दरी प्रतियोगिता कानूनी रुपमै रोक्नुपर्ने तथा बलात्कारका घटना हुनबाट जोगित महिलाहरु समेत सचेत हुनुपर्ने धारणा राखेका थिए ।

२०७९ जेष्ठ ९, सोमबार प्रकाशित 0 Minutes 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।