२०८२ असार २४ मंगलवार
  • काठमाडौँ

नौविसे-नागढुङ्गा सडकको अवस्था दयनीय यात्रूलाई जताततै सास्ती

धादिङ । नराम्ररी विग्रिएको सडकका कारण नौविसे नागढुङ्गा भएर राजधानी प्रवेश गर्ने र बाहिरिने यात्रुहरुले यात्रामा निकै सास्ति खोप्नु परेको छ ।

विग्रिएको सडक कस्ले मर्मत गर्ने भन्ने विषयका विवाद हुँदा नौविसे नागढुङ्गा सडकको अवस्था निकै दयनीय बनेकोमा बर्षाले बाटो थप विग्रिएको हो ।

खाल्टा खुल्डी सडक र सवारी साधनको बढ्दो चापले गर्दा समयमा नै गन्तब्यमा पुग्न नसकिएको गुनासो सवारी चालकहरुको छ ।

विशेष गरी राजधानी प्रवेश गर्दा देव्रे पट्टीको सडक अत्याधिक भार बोकेका सवारी साधन गुड्दा जिर्ण बनेको छ ।

सडक जिर्ण हुँदा आधा घण्टामा पार गर्न सकिने नौविसे नागढुङ्ग सडक खण्डको यात्रा तय गर्न अहिले दुईदेखी तीन घण्टा लाग्ने गरेको छ ।

सुरुङ्ग निर्माण स्थलदेखी नागढुङ्गसम्मको विग्रिएको सडक, सडक विभागले मर्मत गर्ने अथवा नौविसे नागढुङ्गा सुरुङ आयोजनाले गर्ने भन्ने विषयमा भएको विवादका कारण अहिलेसम्म सडक मर्मत हुन नसकेको हो ।

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित 0 Minutes 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।