
काठमाडौं । नेपालको विभिन्न भूभागमा वर्षासंगै हवाहुरीको चाप केही दिन कायम रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन भित्र्याउने सक्रिय स्थानीय वायु बिकास हुने क्रम तीब्र बनेकाले वेगयुक्त हावाहुरी र मेघगर्जन सहितको चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



मौसम भित्र्याउन सक्रिय स्थानीय वायुको कारण विहान मौसम सफा देखिए पनि दिन ढल्दै जाँदा हावाहुरी र चट्याङ सहित वर्षा हुने भएकाले सतर्क रहन मौसम पु्र्वानमान महाशाखाले आग्रह गरेको छ ।
आगामी तीन दिन स्थानीय वायु र विहार नजिक रहेको न्यून चापीइ प्रणाली र पश्चिमी वायुको तेहोरो प्रभाव रहेकोले हावाहुरीसंगै पाहाड र तराईका अधिकाश भेगमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गत शुक्रवार साँझको हवाहुरीको कारण चितवनमा तीन जना र काठमाण्डौमा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।