२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

कुलेखानीमा जीप दुर्घटना, चार जनाको मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी ड्याम नजिक भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नं २ सिमखोलामा अपरान्ह साढे पाँच बजेतिर भएको दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । दुर्घटनामा गम्भिर घाइते भएका चारै जनाको उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

तीनजनाको हेटौंडा अस्पतालमा  र एक जनाको काठमाडौं स्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते भएकाहरु मध्ये तीन जनाको हेटौंडा अस्पतालमा  र एक जनाको काठमाडौमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभएको छ ।

घाइते को पहिचान खुल्न नसकेको र मृतकहरुको पनि सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

२०७९ जेष्ठ ७, शनिबार प्रकाशित 0 Minutes 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।