२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

बूढानीलकण्ठमा प्रमुखमा एमाले

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयर पदमा नेकपा एमालेका मिठाराम अधिकारी र अनिता लामा निर्वाचित हुनुभएकाे छ। अधिकारी १४हजार २ सय ५० मत सहित बिजयी हुनुभएकाे हाे। अधिकारीका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका विनोद चालिसेले ११ हजार ५ सय १२ मत प्राप्त गर्नुभएकाे थियाे। अन्य प्रतिस्पर्धीहरुमा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठले २हजार २ सय २२, स्वतन्त्र सुमित खरेलले १३०८ र राप्रपाका निना भेटुवालले १०३९ मत प्राप्त गर्नुभएको थियो।

त्यस्तै गरी नगरकाे उपप्रमुखमा एमालेकै अनिता लामा निर्वाचित हुनुभएको छ। लामालाई १४ हजार ३ सय १४ मत प्राप्त भएकाे थियाे। लामाकी प्रतिद्वन्दी नेपाली काङ्ग्रेसकी रमिला वाग्लेले ११ हजार ९ सय ७२ भाेट पाउनुभएकाे थियो।

बूढानीलकण्ठ नगरपालिकाका १३ वटा वडाका अध्यक्षमा क्रमशः सुरेन्द्र लामा,  राजेन्द्र श्रेष्ठ, आकाश धिताल, श्रीराम केसी, कृष्ण शाह ठकुरी, रवि खड्का, बस नारायण महर्जन, सुमन तामाङ, सुमित्रा त्रिपाठी, नवराज भट्टराई, राजु अधिकारी, शम्भु प्रसाद भट्टराई र टिकेश नारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ।

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित 0 Minutes 329 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।