२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

रुस माथि थप नाकाबन्दी गर्न युक्रेनका राष्ट्रपतिको आग्रह

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले जर्मन र फ्रान्सका नेताहरुसँग फोनवार्ता गर्नुभएको युक्रेनका राष्ट्रपतिको कार्यालयले मंगलबार जनाएको छ । मंगलबार उहाँले जर्मन चान्सलर ओलफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोसँग फोनवार्ता गर्नुभएको हो ।

सो फोनमा उहाँले पछिल्लो समयमा युक्रेनको अवस्थाका बारेमा कुराकानी गर्नुभएको थियो । उहाँले सो अवसरमा रुसमाथि थप नाकाबन्दी लगाउनका लागि जर्मनी र फ्रान्सका नेताहरु समक्ष आग्रह पनि गर्नुभएको थियो । जर्मन र फ्रान्सेली नेताहरुले युक्रेनका राष्ट्रपति जेलिन्स्किीलाई रुसमाथिको थप नाकाबन्दीका बारेमा आफूहरुले सोचिरहेको र थप नाकाबन्दी लगाउने बताउनुभएको थियो ।

साथै उहाँहरुले युक्रेनलाई थप सहयोगका लागि पनि आस्वासन दिनुभएको प्राप्त समाचारमा जनाइएको छ । रुसले युक्रेनमा गरेको सैन्य हमलापछि हाल युक्रेन द्धन्द्धमा परेको छ । यहाँका नागरिकलाई थप मानवीय सहयताका साथै रुसका विरुद्धमा चाल्नुपर्ने कदमका बारेमा उहाँहरुका बीचका कुराकानी भएको बताइएको छ ।

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित 0 Minutes 129 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।