२०८३ भाद्र २७ शनिबार
  • काठमाडौँ

अख्तियारको कामकारबाही राजनीतिक हस्तक्षेप नहुने रविको दाबी; सांसदले सोधे – प्रमुख आयुक्त सहितलाई ७ घण्टा थुनेको कुरा के हो?

काठमाडौँ, भदौ ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्नुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीका सम्बन्धमा पदाधिकारीसँगको छलफल’मा उहाँले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आयोगका पदाधिकारीलाई सुझाव दिनुभयो ।

सभापति लामिछानेले भ्रष्टाचार सम्बन्धी अनुसन्धान र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह गर्नुभयो । “कुनै पनि राष्ट्रसेवक र जनप्रतिनिधिलाई अदालतको ढोकामा टेकाउने बित्तिकै उसको पद निलम्बन हुन्छ, मुख्य सचिवसम्मको पद निलम्बन भएको छ, उहाँ सफाइ पाएर निस्कनुभएको छ । यसबाट उहाँको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनमा परेको असर तथा सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुगेको छ । त्यसको परिपुरण कसरी गर्न सक्छौँ ?”, अनुसन्धान र अभियोजनमा मेहनत गर्न आग्रह गर्दै उहाँले भन्नुभयो । रासस 

२०८३ भाद्र ४, बिहीबार प्रकाशित 0 Minutes 59 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार