काठमाडौं ५ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेन प्रधानमन्त्री बन्ने पक्का भएको छ । दुई तिहाइ बहुमत नजिक सिट जितेर आगामी सरकारको नेतृत्व गर्न लागेको रास्वपाले चुनाव अघि प्रधानमन्त्रीको रुपमा अघि सारेको नेता बालेनलाई नै प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । दलका शीर्ष नेताहरुले प्रधानमन्त्री नियुक्तिसंगै मन्त्रीहरुको नाम पनि टुङ्गो लगाउने कसरत गरिरहेको छ ।
नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने क्रममा रास्वपाका शीर्ष नेताहरुले पटक पटक आन्तरिक छलफल पनि गरिरहेका छन् ।


बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेसँगै रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका थिए ।
छलफलका क्रममा यही चैत १३ गते नयाँ प्रधानमन्त्री नियुक्ति र शपथ गर्नेगरी अन्य सम्बन्धित निकायसँग परामर्श गर्ने माेटामोटी सहमति जुटेको रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




