काठमाडौ, चैत ५ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिनुभएको छ । थापाले पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाउनु भएको पार्टी कार्यालयले जनाएको छ ।
गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले सम्मानजनक विजय हासिल गर्न नसकेपछि सभापति थापामाथि पद छोड्न नैतिक दवाव परेको थियो ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले करीब दुई तिहाइ सिटमा जित हासिल गरेको यो निर्वाचनमा कांग्रेस प्रत्यक्ष तर्फ १८ सिट र समानुपातिकमा २० सिटसहित कुल ३८ सिट ल्याएर दोस्रो दल बनेको छ ।
जनलहर अर्कै दल तर्फ आकर्षित भएको अवस्थामा निर्वाचन परिणामलाई मात्र हेरेर सभापतिले राजीनामा दिनु नपर्ने एकाथरीले बताए पनि निर्वाचनमा आफैं पनि पराजित भएपछि सभापति थापा पद छोड्ने निर्णयमा पुग्नुभएको हो ।
थापा गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट शेरबहादुर देउवालाई पाखा लगाउदै सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।
यसैबीच, कांग्रेसले दलको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे छलफल हुने जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




