२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

थप १४ जना कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज १४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २०५ जना रहेका छन् । पछिल्लो समय २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७६८ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएको ३० जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७ दशमलव ३ प्रतिशत छ । नेपालमा प्रति १० लाखमा ३९३ दशमलव ४ जनाको निधन भएको छ ।

हाल होम आइसोलेशनमा २०२ र संस्थागत आइसोलेशनमा तीनको उपचार हुँदैछ । विगत २४ घण्टामा ६९ हजार ६५६ जनाले खोप लगाएका छन् ।

२०७९ बैशाख २४, शनिबार प्रकाशित 0 Minutes 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।