२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

काठमाडौं-५ मा कांग्रेसका प्रदिप पौडेलको मनोनयन

काठमाडौँ, माघ ६ । काठमाडौं-५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेसबाट महामन्त्री प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँ यसअघि २०८० सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि यहि क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । पौडेलसंग गत निर्वाचनमा पराजित हुनुभएका नेकपा एमालेका नेता इश्वर पोखरेलले पनि काठमाडौं ५ बाटै मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी रास्वपाबाट सस्मित पोखरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट कमल थापाले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

२०८२ माघ ६, मंगलवार प्रकाशित 1 Minute 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।