२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

बालेन पुगे पहिलो पटक रास्वपा कार्यालय – घण्टीघर

काठमाडौँ, माघ ४ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह पहिलो पटक पार्टीको केन्द्रीय कार्यालय पुग्नुभएको छ।

आइतबार दिउँसो तामझामसहित वनस्थलीस्थित पार्टी कार्यालयमा प्रवेश गर्नुभएका साहलाई रास्वपाका नेता तथा कार्यकर्ताले उत्साहपूर्वक स्वागत गरेका हुन्।

रास्वपामा वरिष्ठ नेताको रूपमा समाहित भए यता उहाँको यो पहिलो औपचारिक कार्यालय भ्रमण हो। उहाँ  रास्वपाको केन्द्रीय समिति बैठकमा पनि सहभागी हुनुभयो ।

गत पुसमा रास्वपासँग ७ बुँदे सहमति गर्दै पार्टीमा समाहित हुनुभएका साहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने भएको छ।

२०८२ माघ ४, आईतवार प्रकाशित 0 Minutes 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।