२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहद्वारा राजीनामा

काठमाडौं माघ ४ । काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिनु भएको छ । 

मेयर बालेनले आजै देखि लागु हुने गरी उप–प्रमुख सुनिता डंगोलसमक्ष   राजीनामा पेश दिनु भएको हो । 

राजीनामा पत्रमा शाहले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्थाअनुसार नगर प्रमुख पदबाट अलग हुने निर्णय गरेको उल्लेख गर्नु भएको छ । 

पत्रमा उहाँले नगर प्रमुखका रूपमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितका लागि सकेसम्म इमान्दारीपूर्वक काम गर्ने प्रयास गरेको साथै अबका दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्नु भएको छ ।

राजीनामा पछि बालेन रास्वपा मुख्यालय बालाजु पुग्नु भएको थियो । केहि साता अघि रास्वपा पार्टी प्रवेश गर्नुभएका बालेन्द्रलाई सो दलले आफ्नो दलको तर्फबाट भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको छ । बालेन्द्रले नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट निर्वाचन लड्ने प्रचार हुदै आएको छ । उहाँले सो निर्वाचन क्षेत्रमा प्रचारका लागि कार्यालय समेत खोलिसक्नु भएको छ ।

महानगर प्रमुखको कार्यवाहक प्रमुखमा सुनिता डङ्गोल

बालेनको राजीनामा सँगै उपमेयर सुनीता डंगोल स्वत: कार्यवाहक मेयर बन्नु भएको छ ।  स्थानीय सरकार सञ्चालन ऐन अनुसार कुनै कारणबस् प्रमुखको पद रिक्त भएमा कानून अनुसार पुनः प्रमुखको निर्वाचनगरी प्रमुख नियुक्ति नभएसम्म उपप्रमुखले कार्यवाहक प्रमुखको हैसियतमा काम गर्न सक्ने व्यवस्था छ ।

२०८२ माघ ४, आईतवार प्रकाशित 1 Minute 170 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।