
काठमाडौं । सरकारले ‘राष्ट्रिय पत्रकारिता दिवस–२०७९’ का अवसरमा वरिष्ठ पत्रकार किशोर नेपाल र पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाललाई ‘वरिष्ठ पत्रकार सम्मान–२०७८’ बाट सम्मान गर्दै पुरस्कार प्रदान गरेको छ ।
विसं २०७६ र २०७७ को सोही पुरस्कार क्रमशः पत्रकार स्व सुकदेव नेपाल (मरणोपरान्त), हर्ष सुब्बा, रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रु दुई लाख राशिसहितको सो पुरस्कार आज प्रदान गर्नुभयो ।



त्यसैगरी ‘राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७८’ पत्रकार डिआर पन्त, इकवाल अहमद, ठाकुरप्रसाद बेल्वासे, बालकुमार नेपाल, गङ्गा बराल र सम्झना वनलाई प्रदान गरिएको छ ।
विसं २०७६ र २०७७ को सोही पुरस्कार पत्रकार इन्द्रमान बुढा, मात्रिका पौडेल, सङ्गीता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर विक, शीतल शाह, दिलीपकुमार थापामगर, दिपेश न्यौपाने, दुर्गाप्रसाद शर्मा, सुरोजङ्ग पाण्डे, नितु पण्डित र पुनम पौडेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।