२०८३ श्रावण १२ मंगलवार
  • काठमाडौँ

एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, दोस्रो खेलमा काठमाडौं र विराटनगर भिड्दै

काठमाडौँ,  मङ्सिर ६ गते ।  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली  याक्स र लुम्बिनी लायन्सबीचको खेल सुरु भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको छ । लुम्बिनीका सन्दीप जोरा एक रनमा आउट भए । लुम्बिनी सुरुआतमा दबाबमा देखिएको छ । यो समाचार तयार पार्दासम्म लुम्बिनीले चार ओभरमा जम्मा एक विकेटको क्षतिमा सात रन बनाएको छ ।

लुम्बिनीको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, सन्दीप जोरा, दिलिप नाथ, डि आर्की सर्ट, गुलबदिन नाइब, जेजे स्मिथ, रुबेन ट्रम्पेलमान, अभिषेस गौतम, शेर मल्ल, समिर अली मसलमान र सुमित महर्जन छन् ।

साथै कर्णाली याक्सको प्लेइङ–११ मा कप्तान सोमपाल कामी, पवन सरार्फ, नजिबुल्लाह जर्दान, अर्जुन घर्ती, गुलशन झा, युवराज खत्री, विपिन शर्मा, नन्दन यादव, प्रियांक पञ्चाल, विलियम बोसिस्टो, मार्क वाट छन् ।

आज हुने दोस्रो दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्ग्सबीच हुनेछ ।

२०८२ मंसिर ६, शनिबार प्रकाशित 0 Minutes 422 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।