२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

सुशीला कार्की प्रधानमन्त्री नियुक्त

काठमाडौं, भदौ २७ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्कानुभएको छ । जेन–जीको माग अनुसार कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी राष्ट्रपति पौडेलले नियुक्त गर्नुभएको हो ।

कार्कीको प्रधानमन्त्रीमा नियुक्ति संविधानको धारा ६१ अनुसार भएको राष्६्रपतिको कार्यालयले जनाएको छ । संविधानको  धारा ६१ को उपधारा ४ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ भन्ने उल्लेख छ । सो धारामा – ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ’ भनिएको छ । त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनिएको छ । यी दुवै धारालाई आधार बनाउँदै कार्कीलाई अन्तिरम सरकारको प्रधानमन्त्री बनाइएको छ ।

राष्ट्रपतिको कार्यालयद्वारा विज्ञप्तिमा कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी त्यस पछि गठन हुने सरकारलाई सत्ता हस्तान्तरण गर्ने उल्लेख छ ।

विषम परिस्थितिमा बडो कष्टकासाथ वर्तमान अन्तरिम सरकार गठन भएको भन्नुहुदै राष्ट्रपति पौडेलले मुलुकमा शान्ति र एकताका लागि सबैमा हार्दिक  अपिल पनि गर्नुभएको छ ।

२०८२ भाद्र २७, शुक्रबार प्रकाशित 1 Minute 214 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।