२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

विश्व शान्तिदेखि हिमालको सुरक्षासम्मका विषय प्राथमिकतामा

काठमाडौँ भदौ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तरराष्ट्रिय विषयमा भनाइ राख्नुभएको थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन,विकास सम्वृद्धि र सहकार्य, विश्व शान्ति तथा हिमालदेखि समुदायसम्मको सुरक्षा लगागतका विषयमा जोड दिनुभएको छ ।

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्नुभएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा हुनुहुन्छ ।

प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।।

२०८२ भाद्र १६, सोमबार प्रकाशित 0 Minutes 190 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।