
काठमाडौं । सर्वाेच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आज उच्च अदालत जनकपुरअन्तर्गत वीरगञ्ज इजलासको आदेशलाई सदर गर्दै आलमलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
विंस २०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको ज्यान मार्ने मुद्दाको अभियोग आलमलाई अदालतमा थुनामै राख्ने आदेश गरेको थियो ।



जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्लाको उक्त आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सदर गरेपछि आलम थुनामुक्त गर्न आदेशको माग गर्दै सर्वोच्च अदालत पुग्नुभएको थियो । सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेशलाई सदर गरेपछि आलमलाई थुनामै राख्नुपर्ने निर्णय भएको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।